सजिए गाडीका सोरुम (तस्बिरहरु)



काठमाडौं । दसैं, तिहार लगायतका ठूला चाडपर्वका लागि बजार व्यस्त बनेका छन् । काठमाडौं सहितका सहरी क्षेत्रमा चाडपर्वका लागि किनेमेल गर्नेहरुको व्यस्तता देख्न सकिन्छ ।

दसैं लगायतका चाडबाडका बेला आर्थिक गतिविधि धेरै नै बढ्ने र नयाँ सवारी खरिद गर्ने हुनाले यो समयमा विभिन्न कम्पनीले गाडी बिक्रीमा अफरहरु चलाएका छन् ।

अर्थविद्हरुका अनुसार वर्षभरी हुने कारोबारको २० प्रतिशतदेखि २५ प्रतिशतसम्म कारोबार दसैं, तिहार र छठजस्ता चाडपर्वमा हुन्छन् । यसैबेला धेरैले नयाँ घर किन्ने, नयाँ गाडि किन्ने तथा घर सर्ने अनि गाडि फेर्ने गर्दछन् ।

यस पटकको चाडपर्वमा भने विद्युतीय गाडिमा धेरै आकर्षण बढेको देखिन्छ । त्यसैले, ग्राहकलाई आकर्षित गर्न काठमाडौंको थापाथली क्षेत्रमा रहेका गाडीका सोरुमहरु सजाइएको छ ।

तस्बिरहरु :


रवि धिताल