एक वर्षका लागि वस्तु आयात धान्ने विदेशी विनियम सञ्चिति



काठमाडौं । असार मसान्तको तुलनामा भदौ मसान्तसम्म बिदेशी विनियम सञ्चितीमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुइ महिनाको तथ्यांक अनुसार भदौ मसान्तमा विदेशी सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । साउन महिनामा यस्तो सञ्चिती १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । तुलनात्मक रुपमा असार भन्दा भदौ महिनामा डलर सञ्चितीमा ३.९ प्रतिशतले बृद्धि भएको हो ।

यस्तै अमेरिकी डलरको सञ्चिती १२ अर्ब १ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । असार मसान्तको तुलनामा भदौ मसान्तमा यस्तो रकम २.६ प्रतिशतले बढेको हो ।

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा भदौ मसान्तमा यस्तो रकम ४.५ प्रतिशतले बृद्धि भइ १४ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तिय सस्थामा यस्तो संचिती १ खर्ब ९२ अर्ब ३८ करोड रुपैयाँमा रहेको छ । असार मसान्तसम्ममा बैंक तथा वित्तिय सस्थासँग १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक बर्षको दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ महिना ६ दिनका लागि बस्तु आयात र १० महिना ३ दिनका लागि बस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।


क्लिकमान्डु