अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् ।

सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे ।

‘हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआसओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ’ अर्थमन्त्री महतले भने ।

अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको उनको भनाइ छ । अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै मन्त्री महतले यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताए ।
‘अर्थतन्त्रमा सकारात्मक कुरा देखिएका छन् । त्यसका बाबजुद अफ्ठ्यारा बाँकी छन् । त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । अर्थमन्त्रालय, सकरारले मात्रै गरेर समाधान हुँदैन । सबैले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने ।


क्लिकमान्डु