एमसीसी प्रसारणलाइनका सबै ठेक्का रद्द



काठमाडौं । एमसीसी परियोजनाअन्तर्गत नेपालका सबै प्रसारण लाइन परियोजनाका ठेक्का रद्द भएका छन् ।

एमसीसी परियोजना अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले प्रसारण लाइन परियोजना सम्बन्धि सबै ठेक्का रद्द गरिएको जानकारी दिएको छ । एमसीए नेपालका सञ्चार सहजकर्ता पुष्कर माथेपाले ठेक्का रद्द भएको जानकारी दिए ।

ठेक्का आह्वान गर्दा अनुमान गरिएको लागतभन्दा धेरै लागतमा प्रस्ताव परेकाले ठेक्का रद्द भएको हो । एमसीए नेपालकाअनुसार उच्च लागतमा ठेक्का परेपछि नयाँ टेण्डर खुलाउने गरि पुरानो ठेक्कालाई रद्द गरिएको छ ।

यी ठेक्काहरुमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेपछि ठेक्का रद्द गरिएको एमसीए नेपालले जनाएको छ । अब प्रसारण लाइन परियोजनाको फेरि टेन्डर आह्वान हुने छ ।


क्लिकमान्डु