अनियन्त्रित भाडा वृद्धि नियन्त्रण गर्न नयाँ जहाज: मन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडा नियन्त्रण गर्न नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले अनियन्त्रित भाडा वृद्धि नियन्त्रण गर्न नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् ।

उनले नियमभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताए । निजी कम्पनीहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले निजी कम्पनीहरु ऐन, कानुनभन्दा बाहिर जान पनि नपाउने बताए ।

कानुनभन्दा बाहिर गएर हवाई भाडा बढाए कारबाही गरिने चेतावनी उनले दिए ।


क्लिकमान्डु