पर्यटन प्रवर्धनमा काठमाडौं महानगर प्रतिवद्ध, बालेनसँग हानका प्रतिनिधिको छलफल
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र होटल संघ नेपालका प्रतिनिधिबीच पर्यटन प्रवर्धन सम्बन्धी छलफल भएको छ ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिका मेयर शाहबीच पर्यटन प्रवर्धन सम्बन्धी छलफल भएको हो । छलफलमा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजनाहरु प्रस्तुत गरेका छन् ।
उक्त छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको पर्यटनको क्षमतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको अध्यक्ष शाहले बताए ।
उक्त भेटघाटका क्रममा प्रचुर पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि गर्न साथै पर्यटनमार्फत राष्ट्रिय गरिमासमेत अन्तर्राष्ट्रिय जगतमा पुर्याउने लक्ष्य राखि नेपालमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने बारे पनि छलफल भएको छ ।
काठमाडौं महानगरपालिका र होटल संघ नेपालको पर्यटन प्रवद्र्धनको संयुक्त बैठक बसी आवश्यक कार्ययोजना तय गरिने सम्बन्धमा काठमाडौं महानगरपालिकाका प्रमुख शाहले महानगरपालिका सकारात्मक रहेको बताए । पर्यटन प्रवर्धनमा महानगरले तयार पारेका विभिन्न कार्यक्रमहरु नदोहोरिने गरी कार्यान्वयन गर्ने गरिने मेयर शाहलले बताए ।