हरेक वर्ष कम्तीमा ५ हजारलाई नयाँ रोजगारी दिने गरि बालेनले ल्याए नयाँ योजना
काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालनमा’ ल्याएको छ ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले हरेक वर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको जानकारी दिए ।
महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याइएको उनको भनाइ छ ।
बालेनले यसो भने
काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्षभित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याएको छ ।
हरेक वर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको हो भने महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याइएको हो । महानगर का स्थायी बासिन्दा ,महानगर का करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिक हरु श्रम बैंक मा आबद्द हुन सक्नुहुनेछ ।
१. श्रम बैंक मा आबद्द भएका दक्ष कामदार हरु लाइ अन्तर्वार्ता तयारिका साथ सोझै काम मा लगाउने
२. अर्धदक्ष जनशक्तिलाई स्किल अपग्रेडका लागि तालिम दिई काम मा लगाउने
३. अदक्ष कामदार हरुलाइ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने महानगर को उद्देश्य रहेको छ। श्रम बैंक मा आबद्द जनशक्तिलाई तपशिलका ३ स्थानहरुमा व्यवस्थापन गरिने छ।
१) महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन
२) महानगर जब पोर्टलमार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्थाहरु
३) महानगरको श्रम बैंक एप मार्फत पार्ट टाइम जबको रुपमा सबै सेवा हरु घण्टाका आधारमा तथा पटके का रुपमा जुन सुकै काम हरु गर्न मिल्ने व्यवस्था मिलाइने छ।
सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिनेछ।
गौरबको योजना मार्फत विभिन्न १५ स्थान हरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टर को स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम संचालन गरिने छ। सो का लागि महानगर ले बजार मुखी सिलेबल्स निर्माण को समेत काम गरिरहेको छ।
निजि क्षेत्र, सरकारी , गैरसरकारी क्षेत्र,उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्र को आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको छ।
श्रम बैंक मा आबद्ध हुन का लागि यो लिंक वा क्यु आर मा क्लिक गरि फारम भरि आबेदन दिन सक्नुहुनेछ।
सिप बिकास तालिम लिनका लागि तलको यो लिंकमा क्लिक गर्न सकिन्छ ।
साथै महानगर भित्र संचालित विभिन्न जब एजेन्सी हरु र तालिम प्रदायक संस्था हरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिनेछ। महानगर ले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित ह्याण्डीम्यान जस्तै श्रम बैंक एपको ओपन एप हाल संचालन मा रहेका अन्य निजि कम्पनिका सोहि प्रकृतिका एपहरु लाइ निशुल्क उपलब्ध गराइनेछ।