मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ ।

संस्थाले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सेयरमा असोज २५ देखि ३० गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने छ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आवेदन धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।


क्लिकमान्डु