सेयर बजारमा गिरावट कायमै
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार पनि बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक १७.५६ अंकले घटेर परिसूचक १९५८.७२ बिन्दुमा रोकिएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा राताम्मे बनेको छ । बैंकिङ समूहको ७.५९, विकास बैंक ४६.९०, वित्त २२.०७, होटल ६४.७७, जलविद्युत २९.६७, जीवन बीमा ८७.२७, उत्पादन तथा प्रशोधन ३७.६६, माइक्रोफाइनान्स ३१.४०, निर्जीबन बीमा ७१.६८, ट्रेडिङ समूहको उपसूचक ४२.८८ अंकले घटेको छ ।
कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था, घलेम्दी हाईड्रो, हिमालयन लघुवित्त, आशा लघुवित्त, अपर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ५ करोड ५९ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कारोबारमा ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ ।