हिरो मोटोकर्पका बाइक र स्कुटरको मूल्य तेस्रो पटक बढ्यो



काठमाडौं । भारतीय कम्पनी हिरो मोटोकर्पका बाइक र स्टुकरको मूल्यमा वृद्धि भएको छ ।

भारत र नेपाली बजारमा रुचाइएका बाइकहरु उत्पादन गर्ने हिरो मोटोकर्पका निश्चित मोडलका बाइक र स्कुटरहरुको मूल्यमा वृद्धि गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

हिरो मोटोकर्पले विभिन्न मोडलमा १ प्रतिशतसम्मको मूल्य वृद्धि गरेको छ । तर, कुन कुन मोडलका बाइक वा स्कुटरहरुको मूल्य बढेको हो भन्ने बारेमा भने कम्पनीले सार्वजनिक गरिसकेको छैन ।

बाइक तथा स्कुटर बनाउँदा लाग्ने लागत (इनपुट कस्ट) वृद्धि भएका कारण मूल्य बढाउनु परेको कम्पनीले जनाएको छ ।

हिरोले यो वर्ष तेस्रो पटक मूल्य बढाएको हो् । यसअघि कम्पनीले मार्चमा बाइक तथा स्कुटरहरुमा २ प्रतिशतको मूल्य वृद्धि गराएको थियो । त्यस्तै, जुलाईमा १.५ प्रतिशत मूल्य वृद्धि भएको थियो ।

हिरो मोटोकर्पकाअनुसार बढेको मूल्यवृद्धि बजारको आधार र बाइक तथा स्कुटरको मोडलका आधारमा फरक फरक हुनेछ ।
मुल कम्पनीले बाइक तथा स्कुटरको मूल्य बढाएसँगै यसले नेपालमा पनि प्रभाव पार्ने देखिन्छ ।

नेपालमा हिरो मोटोकर्पका बाइक तथा स्कुटरहरु आधिकारित रुपमा एनजिएम अटोले बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु