सानिमा माई हाईड्रोपावर कम्पनीको लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौं । सानिमा माई हाईड्रोपावर कम्पनीले सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले कात्तिक २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गर्ने भएको छ । असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले उक्त सभाले तोकेको लाभांश प्रस्ताव गर्ने भएको छ । सभाले प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले सभामा जुम खोला जलविद्युत आयोजना (५६ मेगावाट) को प्रवर्धक कम्पनी सानिमा जुम हाईड्रोपावरको सेयर अधिकतम १ अर्ब ५० करोडसम्म लगानी गर्ने प्रस्ताव पारित गर्ने छ ।