चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण



एजेन्सी । विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टुले भने, ‘चीनसँग उल्लेखनीय शक्ति छ । आधारभूत उत्पादनमा मात्र नभई नवीन उत्पादनलाई आविस्कार गर्दैछ, यसप्रकारको मानव क्षमता चीनमा सिर्जना भइरहेको छ र यसले उत्पादनमा चीनको बृहंगम क्षमता देखाएको छ ।’

चीनले छोटो अवधिमा कसरी विकासलाई गति दिन सकिन्छ भनेर मात्र नसोचेको योभन्दा माथि उठेर विकासको राम्रो गुणस्तर सुनिश्चित गर्ने योजना बनाएको उनले उल्लेख गरे ।

उनले भने, ‘चीनले कसरी विकास गर्ने भन्ने भन्दा पनि चीनले कति विकास गर्न लागेको छ भन्ने प्रश्न कम रोचक छैन ।’

अर्थशास्त्रीहरूको विश्लेषणअनुसार, यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ ।

सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएको छ तर सन् २०२३ को उत्तरार्द्धमा यसमा सामान्य कमी हुने र सन् २०२४ मा ४.५ प्रतिशत रहने अनुमान प्रतिवेदनमा गरिएको छ ।

विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका उपाध्यक्ष मानुएला भी फेरोले भने, ‘पूर्वी एसिया र प्रशान्त क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको र गतिशील क्षेत्रमध्ये एक हो ।’

उच्च आर्थिक वृद्धि कायम राख्नका लागि औद्योगिक प्रतिस्पर्धात्मकता कायम राख्न, व्यापारिक साझेदारहरूलाई विविधीकरण गर्न र सेवा क्षेत्रको उत्पादकत्व बढाउन तथा रोजगारी सिर्जना गर्ने क्षमतालाई उजागर गर्न सुधारको आवश्यकता पर्ने उनले बताए ।


क्लिकमान्डु