उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेसनका लागि आवेदन आह्वान



काठमाडौं । उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम अन्तरगत तेस्रो व्याचका लागि स्टार्टअपको आवेदन आह्वान गरेको छ ।

नविन व्यावसायिक सोच तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु, वित्तिय एवं अन्य लगानीको पहुँचका लागी सहजिकरण तथा समन्वय गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत अनलाइन आवेदन माग गरेको हो ।

कार्तिक १५ गतेसम्म अनलाइन आवेदन गर्न सकिने व्यवस्था मिलाइएको संगठनले जनाएको छ । पहिलो र दोस्रो व्याचमा गरि ३० जना स्टार्टअपहरु ग्राजुएशन भइसकेका छन् ।

स्टार्टअप उद्यम व्यवसायलाई आवश्यक पर्ने पूँजिको सहजीकरणका लागी बिराटनगर एञ्जल इन्भेष्टर्स नेटवर्क स्थापना गरिएको संगठनले जनाएको छ । २४ जना लगानीकर्ताहरु आवद्ध यस नेटवर्कले पूँजी आवश्यक पर्ने व्यवसायी सम्भावना उच्च भएका स्टार्टअपहरुमा लगानी गर्ने छन् ।

दश महिना अवधी रहने तेश्रो चरणको कार्यक्रममा नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन् ।

यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको संगठनले जनाएको छ ।


क्लिकमान्डु