चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत गृहका लागि जग्गा अधिग्रहण गरिँदै



फाइल तस्बिर

काठमाडौं । बझाङमा निर्माणाधीन चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत गृहका लागि जग्गा अधिग्रहण हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङले जारी गरेको सूचनाकाअनुसार जिल्लाको तलकोट गाउँपालिकाको वडा नम्बर २ र ३ (साबिक धमेना गाविस वडा नम्बर ३,४ र ५) मा रहेका विभिन्न कित्ता नम्बरका जग्गाहरु अधिग्रहण गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयकाअनुसार कुल ४ हजार ७४ वर्ग मिटर क्षेत्रफल बराबरको जग्गा अधिग्रहण हुने भएको हो ।

कार्यालयकाअनुसार यी जग्गाहरु अधिग्रहण हुने भएकाले सूचना प्रकाशित भएको १५ दिनभित्र सरोकार वाला व्यक्तिले मुआब्जा दाबी गर्न सक्नेछन् ।

आफ्नो हकदैया वा भोगचलन सम्बन्धि निस्सा प्रमाणसहित कार्यालयमा निवेदन दिएर मुआब्जा दाबी गर्न सकिने कार्यालयले सूचनामा जनाएको छ ।


क्लिकमान्डु