वायुसेवा निमगममा साझेदार भित्र्याउन सुझाव, आन्तरिक र बाह्य सेवा छुट्याउनुपर्ने



काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनीमा परिणत गरेर रणनीतिक साझेदार भित्र्याउन सुझाव दिइएको छ ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको निगम सुझाव समितिले आइतबार सरकारलाई बुझाएको प्रतिवेदनमा निगममा साझेदार भित्र्याउनुपर्ने उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको प्रतिवेदनमा निगमको संरचनात्मक सुधार गर्न कम्पनी मोडलमा जार्नेपर्ने उल्लेख गरिएको छ ।

समितिले निगमको अन्तर्राष्ट्रिय र आन्तरिक वायुसेवालाई छुट्याउन पनि सुझाव दिएको छ । निगमको वाह्य र आन्तरिक उडान सञ्चालन गर्न छुट्टाछुट्टै सहायक कम्पनी बनाउने र मूल कम्पनीको मातहत राख्नुपर्ने सुझावमा उल्लेख गरिएको छ ।

मूल कम्पनीका रुपमा भूमिस्थ, उड्डयन तालिम, क्याटरिङ, जहाजको मर्मत सम्भार गर्ने र सहायक कम्पनीलाई आवश्यक प्राविधिक सहायता गर्ने गरी बनाउन पनि सुझाव दिइएको छ ।


क्लिकमान्डु