सेयर बजार राताम्मे



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे बनेको छ ।

बजार मापन गर्ने सूचक ३३.२० अंकले घटेर परिसूचक १९७१.१० बिन्दुमा रोकिएको छ । २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

बैंकिङ समूहको १३.५१, विकास बैंक ५३.०४, वित्त ३८.३४, जलविद्युत ७२.७८, जीवन बीमा २११.९१, उत्पादन तथा प्रशोधन ६९.७०, माइक्रोफाइनान्स ५५.९२, निर्जीबन बीमा १६७.०३ अंकले घटेको छ ।

कारोबारमा १० कम्पनीको सेयर मूल्य बढेको छ भने २२० कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा सयपत्री हाईड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु