इन्धन चुहिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण



फाइल तस्बिर

काठमाडौं । श्री एयरलाइन्सको जहाजबाट इन्धन चुहिएपछि आकस्मिक अवतरण गरिएको छ ।

शुक्रबार बिहान पर्वतीय उडानमा गएको श्रीको उडान नम्बर १६०१ को जहाजमा इन्धन चुहिएपछि आकस्मिक अवतरण गराएको थियो ।

बिहान पर्वतीय उडानमा गएको जहाजको इन्डिकेटरमा समस्या आएको जानकारी चालक दलले गराएपछि आकस्मिक अवतरण गरिएको हो ।

बिहान ७ बजेर ४ मिनेटमा काठमाडौंबाट उडेको विमान ७ बजेर ५५ मिनेटमा माउन्टेन फ्लाइट पूरा गरेर फर्किएको थियो । जहाजमा ४५ जना यात्रु थिए ।

पर्वतीय उडानमा गएको जहाज उडान पूरा गरी फर्किएको र अवतरणपछि पाइलटले बायाँ इन्जिनबाट इन्धन लिक भएको विवरण टिपाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

श्री एयरलाइन्सले भने जहाजको इन्डिकेटरनमा समस्या भएकोले पर्वतीय उडानबाट फर्कने क्रममा सामान्य रुपमै अवतरण भएको दाबी गरेको छ ।

त्रिभुवन विमानस्थलस्थित श्री एयरलान्सको कार्यालयले दिएको जानकारीअनुसार जहाज अवतरणपछि आवश्यक निरीक्षण समेत भइरहेको छ ।


क्लिकमान्डु