७२३ भारतीय एकैपटक नेपालमा, नेपालमा सबै प्रसिद्ध धार्मिक स्थलको दर्शन गर्ने



काठमाडौं । धार्मिक तीर्थस्थल दर्शनका लागि एकैपटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरु लुम्बिनीमा जानकी मन्दिरको दर्शनीपछि असोज ९ गते मंगलबार काठमाडौं आएका हुन् ।

भारतीय पर्यटकले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । नेपालका प्रसिद्ध धार्मिक स्थलहरु लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौं उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरुको छ ।

यसअघि ७ सयभन्दा बढी बंगलादेशी पर्यटक चार्डर्ड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए । त्यसपछिको सबैभन्दा बढी स्थल मार्गमार्फत भारतीय नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । भारतीय पर्यटक व्यवस्थापन काठमाडौंका विभिन्न होटलमा गरिएको एयरपोर्ट होटलका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटाले जानकारी दिए ।

काम तथा अध्ययनका सिलसिलामा अमेरिकालगायतका देशमा बसिरहेका भारतीयहरु नेपाल भ्रमणमा आएका हुन् । अहिले पर्यटकका लागि सबैभन्दा सडक मार्गको असुविधा रहेको भन्दै उनले सुधार गर्न माग गरे ।

भारतीय पर्यटक राजेन्द्र ठकरले ७२३ यात्रुलाई लिएर नीलकण्ठमणि यात्रामा नेपालमा सबै प्रसिद्ध धार्मिक स्थलको दर्शन गर्न आएको बताए । नेपाल प्राकृतिक र धार्मिक रुपमा सुन्दर रहेको पाएको उनले बताए । भारतदेखि ५२ वटा सवारी साधनमा आएका उनीहरुले नेपालमा १३ दिन बिताउनेछन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कुल पर्यटक आगमन ४ लाख ७६ हजार ४८१ जना आएका छन् भने पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । यो अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिकाबाट धेरै पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।


क्लिकमान्डु