‘विन्डोज ११’ को अपडेटमा ‘कोपाइलट’, पेन्टदेखि स्निपिङ टुलमा एआई फिचर हुने



एजेन्सी । माइक्रोसफ्टको अपरेटिङ सिस्टम ‘विन्डोज ११’को नयाँ संस्करण (अपडेट)मा एआई सहायता उपलब्ध भएको छ ।

कम्पनीले विन्डोज ११ को नयाँ संस्करणमा माइक्रोसफ्टको एआईमा आधारित सहायक कोपाइलटको सुविधा उपलब्ध गराएको हो ।

माईक्रोसफ्टले गत मंगलबार कोपाईलट एआईको फिचर विन्डोज ११ को नयाँ संस्करणमा हुने जानकारी दिएको हो ।

माईक्रोसफ्टको आफ्नै ब्राउजर बिंगमा कोपाईलटमार्फत विभिन्न सुविधाहरुको प्रयोग गर्न सकिनेछ । यो एआईको सहायताले स्क्रिनसट लिने, ब्लूटुथ र वाईफाइ तथा अन्य कुराहरुमा सहजता हुने र कुनै वेबपेजको सारंश समेत निकाल्न सकिने सुविधा हुने माईक्रोसफ्टले जनाएको छ ।

कोपाइलट एआईले प्रयोगकर्ताले सोधेको कुराको आधारमा टेक्स्ट र तस्बिरमा प्रतिक्रियाहरु दिने पनि कम्पनीले जनाएको छ ।

एआईमा आधारित सहायक कोपाइलट विन्डोज ११ को नयाँ संस्करणमा च्याटबटमा मात्रै सिमित छैन । माईक्रोसफ्टका अनुसार एमएस पेन्टदेखि स्नीपिङ टुलमा पनि एआईको सुविधा हुनेछ ।

पेन्टमा विभिन्न लेयर र ग्राफिक्स उत्पादन (जेनेरेसन)मा पनि काम गर्न सकिने र स्नीपिङ टुलमा एआईको सहायताले कुनै स्क्रिनसट लिएपछि त्यहाँ रहेको अक्षरहरु छुट्टै निकाल्न सकिनेजस्ता सुविधाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु