सिजी इलेक्ट्रोनिक्सले बेच्ने एलिका ब्राण्डका सामान किन्दा उपहार पक्का



काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा बिक्री गर्ने एलिका ब्राण्डका सामानमा यसवर्षको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याइएको छ ।

घरेलु उपकरण र भान्साका सामान उत्पादन गर्ने एलिकाले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं तिहारमा, उपहार साथमा’ भन्ने योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सि.जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो ग्राहक योजना भाद्र २८, २०८० देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।

एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो, जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् । ३,८०० कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन् । एलिकाको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ । नेपालमा पनि सिजी इलेक्ट्रोनिक्सले एलिका ब्राण्डका सामानहरुको आधिकारिक वितरण गर्दै आएको छ ।


क्लिकमान्डु