डिसहोम रिचार्ज गर्दा राईले जिते १ लाख रुपैयाँ



काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद एक लाख जितेका छन् ।

असोज ८ गते सोमबार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद एक लाख रुपैयाँ जितेका हुन् ।

नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।


क्लिकमान्डु