सिटिजन लाइफको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । आईपीओ आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने छ ।

नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५१७ रुपैयाँ २९ पैसासम्म रेञ्ज दिएको छ । पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल् देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् ।

कम्पनीको शेयर सीएलआई सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँ कामय भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । आज कम्पनी र नेप्सेबीच शेयर सूचीकरण सम्बन्धी सम्झौता भएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सूचिकृत भएको हो ।


क्लिकमान्डु