एभरेष्ट हस्पिटालिटी होटल बन्यो सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने संस्था, उत्कृष्ट सेवा दिनेलाई सरकारको सम्मान



काठमाडौं । नेपालमा पछिल्लो एक वर्षमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने पर्यटन संस्थामा म्यारिओट हाेटल रहेको छ ।

एभरेष्ट हस्पिटालिटी एण्ड होटलको नाममा सञ्चालिन म्यारिओटले पर्यटनका संस्थाहरूमै सबैभन्दा बढी विदेशी मुद्रा पछिल्लो एक वर्षमा भित्र्याएको हो । यो होटलले सन् २०२२ देखि २०२३ अगस्टसम्ममा ५० लाख ४१ हजार २३७ अमेरिकी डलर विदेशी मुद्राको रुपमा भित्र्याएको छ ।

निजी क्षेत्रबाट सञ्चालिन पर्यटकीय सबै संस्थहरूमा यो होटलले गरेको सेवा र राज्यलाई विदेशी मुद्रा भित्र्याउनमा गरेको योगदानको कदर गर्दै सरकारले होटललाई सम्मान समेत गरेको छ ।

सरकारले विश्व पर्यटन दिवसको अवसर पारेर उत्कृष्ट सेवा दिने पर्यटकीय संस्थालाई सम्मान गरेको छ । राजधानीको याे पाँचतारे होटललाइ सरकारले उत्कृष्ट सेवा गरेवापत याेसहितका अन्य पर्यटकीय संस्थालाई पनि सम्मान गरेको हो।

सरकारले उत्कृष्ट सेवा दिने तथा विदेशी मुद्रा बढी भित्र्याउने ट्रेकिङ एजेन्सीको रुपमा सेभेट समिट ट्रेक्स प्रालिलाई सम्मान गरेको छ । यसले पछिल्लो एक वर्षमा ४३ लाख २२ हजार ६४ अमेरिकी डलर अर्जन गर्न सफल भएको छ ।

ट्राभलतर्फ सिता वल्र्ड ट्राभल नेपाल रहेको छ । यसले पनि पछिल्लो एक वर्षमा ३३ लाख ६१ हजार १३६ अमेरिकी डलर आर्जन गरेको छ ।

एयरलाइन्समा नेपाल वायुसेवा निगम रहेको छ । निगमले पछिल्लो एक वर्षमा ८ करोड ४५ लाख ९ हजार ९३७ अमेरिकी डलर आर्जन गरेको छ ।

निगमले अन्तराष्ट्रिय वायुसेवा समेत भएकोले यसले अन्य निजी क्षेत्रका पर्यटकीय संस्थाको तुलनामा बढी विदेशी मुद्रा आर्जन गरेको हो ।


क्लिकमान्डु