सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबार ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ ।