अरबका कृषिमन्त्रीस्तरीय बैठक सुरु



काठमाडौं । अरब लिगका महासचिव अहमद अबुल घितको अध्यक्षतामा मंगलबारबाट अरबका कृषिमन्त्रीहरुको बैठक सुरु भएको छ ।

मन्त्रीहरुले अरब खाद्य सुरक्षा र अरब संसारमा कृषि विकासको बारेमा छलफल गर्नेछन् । अरब राष्ट्रको जनसंख्या तिब्र गतिमा बढ्दै गएकाले अरब क्षेत्रमा खाद्य सुरक्षा हासिल गर्ने प्राथमिकतामा बैठक केन्द्रित हुनेछ ।

बैठकले जलवायु परिवर्तनका असरकार साथै विश्वले वर्तमानमा भोगिरहेको कठिन आर्थिक अवस्थाका बारेमा पनि छलफल हुनेछ ।


क्लिकमान्डु