सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता पत्रमा हस्ताक्षर



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी) बीच छुट प्रदान गर्नेबारे सम्झौता भएको छ ।

बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले असोज ९ गते हस्ताक्षर भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेल्सबेरीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सेल्सबेरीले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिदमा छुट दिने छ । ग्रोसरीमा, लिक्वयर, हाउसहोल्ड, गार्मन्ट लगायका सामानमा २५ प्रतिशतसम्म छुट दिने जनाएको छ ।


क्लिकमान्डु