गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा १४ वटा उद्योग स्थापना हुने
काठमाडौं । सप्तरीमा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा खाली रहेको जग्गामा विभिन्न १४ वटा उद्योगहरु स्थापना हुने भएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै विभिन्न उद्योगहरुले दिएको प्रस्तावमा १४ वटा उद्योगहरु स्थापना गर्नका लागि प्रस्ताव स्वीकृत गरिएको हो ।
सूचनाकाअनुसार औद्योगिक क्षेत्रमा खाली रहेको जग्गा (संकेत नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५ र १६)मा यी उद्योगहरु स्थापना हुने भएका हुन् । उद्योग स्थापना गरी सञ्चालन गर्ने उदेश्यका लागि उद्योग तथा उद्योगीहरुलई लिजमा जग्गा दिने पनि जारी गरिएको सूचनाअन्त्र्गत परेका प्रस्तावहरुको मूल्यांकन पनि विभिन्न १४ वटा उद्योगलाई छनोट गरिएको हो ।
छनोट भएका उद्योग तथा उद्योगीहरुमा प्लाष्टिक्स डोरी उत्पादन गर्ने ओम सत्य साई प्लाष्टिक उद्योग, इलेक्ट्रिकल कन्ट्रोल प्यानल उत्पादन गर्ने भावना इलेक्ट्रिकल ई. वक्र्स, कपडा उत्पादन गर्ने नेपो इन्टष्ट्रिज (प्रा) लि, प्लाष्टिक्स सिट तथा पाउच उत्पादन गर्ने संघाई प्लाष्टिक इन्डष्ट्रिज प्रालि नुडल्स तथा स्न्याक्सजस्ता खाद्य सामग्री उत्पादन गर्ने पिंकी कुमारी साह र सतिस कुमार साहु, फुड सप्लिमेन्ट उत्पादन गर्ने बायोभिटा हेल्थ केयर प्रालि रहेका छन् ।
त्यस्तै, बायोमास तथा कोल उत्पादन गर्ने हर्ष कुमार यादव, शुद्ध खानेपानी उत्पादन गर्ने नेपो मिनिरल्स, प्लाष्टिक सिट तथा झोला उत्पादन गर्ने श्री प्लाष्टिक उद्योग, औषधिजन्य उत्पादन गर्ने आर्य फर्मा ल्याब (प्रा.) लि( र इनर्जी ड्रिंक उत्पादन गर्ने एग्रो थाई फुड्स प्रा. लिरहेका छन् । मदिरा उत्पादन गर्ने कमालु डिस्टिलरी प्रा.लिलाई भने प्रतिक्षा सूचिमा राखिएको छ ।