सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन सम्पन्न, २३ जना सम्मानित



चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्जिक्युटिभहरुसहित करिब २ सयभन्दा बढी सहभागीको उपस्थितिमा सौराहामा दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन आयोजना गरेको छ ।

कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल भएका देशभरिबाट उत्कृष्ट १० जना शाखा प्रबन्धक र १० जना सेल्स एक्जिक्युटिभलाई सम्मान गरिएको छ । प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको छ ।

दोस्रो सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना तथा रणनीतिसम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसरले कर्मचारीहरु थप उत्साहित रहेको सहभागीले जानकारी गराएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जरपश्चात कम्पनीले हरेक सूचकमा उलेखनीय सफलता हासिल गर्दै आइरहेको बताए । सञ्चालक विवेक झाले बेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाल, उत्कृष्ट सेल्स टिम र दक्ष कर्मचारीको साथले आगामी दिनमा जीवन बीमा कम्पनीहरुमा सूर्यज्योति नै अब्बल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराई, सदस्यहरु नन्दकिशोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्कालगायतको उपस्थिति थियो ।


रवि धिताल