एनआईसी एशिया बैंकले दसैं‌अघि नै लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । एनआईसी एशिया बैंकको लाभांश पाउन असोज १५ गतेसम्म सेयरधनी बन्नुपर्ने भएको छ ।

असोज २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको बैंकले १६ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको हो ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले असोज २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । बैंकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।

बैंकले आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ मा लाभांश बाँड्न पाएको थिएन । दुई आर्थिक वर्षमा बैंकले प्राथमिक पुँजीकोष अनुपात कायम गर्न नसकेपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो ।


रवि धिताल