सेयर बजारमा हरियाली, कारोबार रकम बढ्यो



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

कारोबार सुरु भएको करिब दुई घन्टासम्म घटेको बजारले दुई घन्टापछि सुधारको बाटो तय गरेको थियो । जुन अन्तिमसमय सम्म पनि कायमै रह्यो । बजारमा सुधार आउँदा कारोबार रकम पनि बढेको छ । बजार मापन गर्ने सूचक १६.२४ अंकले बढेर परिसूचक १९८५.४३ बिन्दुमा रोकिएको छ ।

२७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता सेयर १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको उपसूचक ४.०९, विकास बैंक ५५.२०, वित्त ३३.०५, जलविद्युत ६४.४१, जीवन बीमा ३९.९०, उत्पादन तथा प्रशोधन ३८.६८, माइक्रोफाइनान्स १८.५१, निर्जीबन बीमा समूहको उपसूचक ८०.६९ अंकले बढेको छ ।

कारोबारमा शुभम पावर कम्पनीको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । थ्री स्टार हाईड्रोपावर, मिन्चियाम हाईड्रोपावर, बलेफी हाईड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् भने इमर्जीङ नेपाल, बिशाल बजार कम्पनी, ओरेन्टल होटलका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ६४ लाख ४२ हजार ६९१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः ओरियन्टल होटल र एनआईसी एशिया बैंक रहेको छ ।


रवि धिताल