ओरियन्टल होटलले नगद मात्रै लाभांश दिने, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?
काठमाडौं । ओरियन्टल होटलले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनी ५.२६ प्रतिशत लाभांश दिने भएको छ । यो वर्ष कम्पनीले बोनस नदिइ नगद मात्रै लाभांश दिने भएको छ ।
कम्पनीले सेयरधनीलाई ५.२६ प्रतिशत कर सहित नगद लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई दिन लागेको लाभांश पारित गर्न भन्दै असोज २५ गते २६ औं बार्षिक साधारणसभा बोलाएको छ ।
सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमा छलफल गर्ने आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा लैजाने भएको छ ।
कम्पनीले सभाका लागि भन्दै असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै उक्त लाभांश पाउनेछन् ।