इक्रा नेपालले ५१.१० % लाभांश दिने
काठमाडौं । इक्रा नेपालले सेयरधनीलाई ५१.१० प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट कर सहित ५१.१० प्रतिशत नगद लाभांश दिने घोषण गरेको छ ।
कम्पनीले असोज २५ गतेका लागि ११औं बार्षिक साधारण सभा बोलाएको छ । सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।
सभाले अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षण नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।