जेष्ट बचत तथा ऋण सहकारीलाई कर्जा तिर्न नेफ्स्कुनको ताकेता, नतिरे ४ ठाँउको धितो लिलाम गर्ने



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले जेष्ट बचत तथा ऋण सहकारी संस्थालाई कर्जा चुक्ता गर्न ताकेता गरेको छ । नेफ्स्कुनले कर्जा चुक्ता गर्न ३५ दिने सूचना निकालेको छ ।

सहकारीले लिएको कर्जा नतिरेको भन्दै नेफ्स्कुनले कर्जा चुक्ता गर्न ३५ लिने सूचना निकालेको जनाएको छ । संस्थाले उपभोग गरेको कजांको सांवा, व्याज र हर्जना रकम तिनं बुझाउन पर्नेमा हालसम्म कर्जा सम्बन्धि शर्त तथा बन्देजहरु उल्लंघन गरेकाले सो सम्बन्धमा मौखिक तथा लिखित पत्रद्वारा सुचना गर्दा समेत धितोकर्ता एवं संस्थाले तिर्न बुझाउन पर्ने कर्जाको सांवा, व्याज र हर्जना नतिरेको भन्दै ३५ दिने सूचना जारी गरेको जनाएको छ ।

सहकारीले कर्जा, हर्जना समेत चुक्ता भुक्तानी नगरी आलटाल गरी बांँकी कर्जा चुक्ता गर्ने तर्फ तत्परता नदेखाएको हुनाले ३५ दिने सार्वजनिक सुचना निकालेको जनाएको छ ।

संघलाई बुझाउनु पर्ने कर्जाको साँवा, ब्याज तथा लागेको दस्तुर ३५ दिन भित्र भुक्तान नगरे ऋण लिंदा राखेको धितो लिलाम बिक्री गरी सम्पुर्ण लेना रकम असुल उपर गर्ने जनाएको छ ।

सहकारीले कर्जा लिँदा गोंगबु स्थित जेष्ट बचत तथा ऋण सहकारी संस्थाको नाममा तत्कालिन गोंगवु गाबिस–५ मा रहेको कित्ता नम्बर ४५ को २१५ क्षेत्रफल वर्ग मिटर रहेको जग्गा रहेको छ ।

यस्तै मोदनाथ सिग्देलको नाति, छविरमण सिग्देलको छोरा, सुशिल सिग्देलको नाममा झापा जिल्ला साविक पाराखोपी– २ कित्तामा रहेको कित्ता नम्बर २९५३ को क्षेत्रफल ९१४३.०४ वर्ग मिटर जग्गा र झापा जिल्ला साविक चारपाने–९ मा रहेको कित्ता ११३१ र ११३२ को क्षेत्रफल १३५४.५२ र ४०६३.५६ वर्गमिटर जग्गा, कास्की जिल्ला साविक पोखरा उपमहानगर पालिका–९, कित्ता नम्बर ४५ को क्षेत्रफल ३८८.४० वर्गमिटरको धितो रहेको छ । उक्त जग्गा लिलामी गर्ने नेफ्स्कुनले जनाएको छ ।

सुरक्षणमा रहेको सम्पुर्ण धितो लिलाम बिक्रीबाट संघको सम्पुर्ण लेना रकम असुल उपर नभएमा धितो बाट असुल उपर हुन नसकेमा वा असुल उपर नभएमा ऋणी संस्थाको पदाधिकारीहरुको एकाघर परिवारको नाममा रहेको चल अचल सम्पत्ति, जमानी दिनेको नाममा रहेको चल अचल सम्पत्ती तथा अन्य जायजेथा सम्पत्तीबाट सहकारी ऐन, नियमावली तथा प्रचलित कानुन बमोजिम धितो बन्धक रहेको सम्पत्ती लिलाम समेत गरी असुल उपर गर्ने जनाएको छ ।

जेष्ट बचत तथा ऋण सहकारी संस्थाको. अध्यक्षमा इन्दिरा अधिकारी, उपाध्यक्षः बद्रि प्रसाद हुमागाई, सचिव मधुसुधन पाठक, कोषाध्यक्ष निशा रिमाल कार्की रहेका छन् । यस्तै सदस्यमा कुशल पाठक र राज तुलाधर रहेका छन् ।


रवि धिताल