मेटलाइफद्वारा नेपालमा वन बाइ मेटलाइफ एप सार्वजनिक



काठमाडौं । मेटलाइफ नेपालले डिजिटल माध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरी मोबाइल एप वन बाइ मेटलाइफ सार्वजनिक गरेको छ ।

एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल उपस्थित रहेको रहेको कार्यक्रममा मेटलाइफ एसियाका बंगलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ अधिकृत सञ्जीव कपुर, एसिया वितरण प्रमुख योङ हो हान, एसिया प्रमुख सोलुसन्स डेलिभरी कोक चोए वङ तथा एसिया एजेन्सी प्रमुख मारवान माटर पनि सहभागी थिए ।

वन बाइ मेटलाइफले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्तालाई उनीहरुको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउने कम्पनीको विश्वास छ । मेटलाइफका ग्राहक एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका बारेमा सूचनाहरु प्राप्त गर्न, मेटलाइफका विभिन्न बीमा सुविधा तथा सेवाहरुका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रिमियम गणना गर्न र एजेन्टहरुलाई सम्पर्क गर्न जोडिन सक्ने कम्पनीले जनाएको छ ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।


रवि धिताल