प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता



न्युयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा आज बिहान भेटवार्ता भएको हो ।

प्रचण्ड र गुटेरेसबीचको भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य, साझेदारीलगायतका विषयमा छलफल भएको छ ।

महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्नेछन् ।


रवि धिताल