गोडरेजको ‘गज्जबको गोडरेज कमालको अफर’ योजना सार्वजनिक



काठमाडौं । ६५  वर्षको गौरवमय इतिहास बोकेको भारतको चर्चित होम अप्लाएन्स तथा नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले दसैं, तिहार र छठलाई लक्षित गरी ‘गज्जबको गोडरेज, कमालको अफर’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ग्राहकले गोडरेजका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले यो योजनाको लाभ भदौ २६ देखि नेपालभर सीमित अवधिका लागि उठाउन सक्नेछन् । अफरमा ग्राहकले कुनै पनि गोडरेजको सामान खरिदमा २५ प्रतिशतसम्मको अधिकतम छुट र अन्य आकर्षक उपहार पाउन सक्नेछन् ।

ग्राहकले फ्रन्टलोड वासिङ मेसिनको खरिदमा ६ किलो एरियल म्याटिक वासिङ पाउडर तथा टपलोड वासिङ मेसिन र सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा ३ लिटर एरियल म्याटिक वासिङ लिक्विड प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी गोडरेजको साइडबाइ साइड रेफ्रिजरेटर खरिद गर्दा सिजीको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन् भने सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । साथै, गोडरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

माइक्रो वेभ ओभनमा पनि अतिउपयोगी कुकिङ किट पाउन सकिनेछ । त्यस्तै एयर कन्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ । कम्पनीले सामान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी र फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ ।

त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सिजि लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनसक्नेछन् ।

नेपालभर गोडरेजको ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारी पाटी, वसुन्धारा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हातिगौंडा, त्रिपुरेश्वर, गठ्ठाघर, टेकु, नयाँबजार र काठमाडौंबाहिर पोखरा, इटहरी, हेटौंडा र भरतपुरमा छन् ।


क्लिकमान्डु