साउनमा १ अर्ब २३ करोड पुनर्कर्जा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा साउनमा १ अर्ब २३ करोड लगानी भएको छ ।
साउन मसान्तमा १ लाख ४५ हजार २ सय २५ ऋणीलाई प्रवाह भएको १ खर्ब ९६ अर्ब ३६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५९ हजार ९ सय १९ ऋणीलाई प्रवाह भएको १ खर्ब ३५ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।
महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार ६ सय २७ महिला उद्यमीलाई प्रवाह भएको ५७ अर्ब ५७ करोड कर्जा बक्यौता रहेको छ ।
सहुलियतपूणर् कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ६ सय ७९ ऋणीको ३ अर्ब २ करोड कर्जा बक्यौता छ ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० साउन मसान्तमा ६० करोड ७१ लाख बक्यौता छ ।