साउनमा ५ खर्ब ६१ अर्ब अन्तर बैंक कारोबार



काठमाडौं । साउन महिनामा वाणिज्य बैंकहरुले ५ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ अन्तर बैंक कारोबार गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा वाणिज्य बैंकहरुको ५ खर्ब ६१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकबाहेक) ९३ अर्ब ७७ करोड सहित ६ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ३ खर्ब १५ अर्ब ४९ करोड र अन्य वित्तीय संस्थाहरुको ४० अर्ब ९७ करोड गरी ३ खर्ब ५६ अर्ब ४६ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु