स्थापना भएको २० वर्षमा टेस्लाले बेच्यो ५० लाख कार



काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले ५० लाखवटा गाडी बिक्री गरेको छ ।

आइतबार टेस्लाले सामाजिक सञ्जाल एक्समार्फत ५० लाखौं नम्बरको गाडी बेचेको जानकारी दिएको हो ।

अमेरिकी उद्यमी एलन मस्क प्रमुख कार्यकारी अधिकृत रहेको टेस्ला मोटर्स छोटो अवधिमा ५० लाख कार बच्ने कम्पनी बनेको छ ।

सन् २००८ मा टेस्लाले पहिलो स्पोर्ट कार निर्माण गरेको थियो । २०१२ मा सेडान र २०१५ देखि एसयुभी मोडलको कार बिक्री गरिरहेको टेस्ला लक्जरी विद्युतीय कार निर्माता कम्पनी हो ।

सन् २०१० मा टेस्लाले सर्वसाधारणलाई सेयर जारी गर्दै पुँजी संकलन गरेको थियो । टेस्ला २००३ सालमा स्थापना भएको थियो ।

नेपालमा अरित इन्टरनेशनलले टेस्ला गाडीको बिक्री वितरण गर्दै आएको छ । हालसम्म नेपाली बाजारमा टेस्लाका करिब ५० वटा विभिन्न मोडलका गाडी बिक्री भएका छन् ।


क्लिकमान्डु