ब्याजदरको प्रभावले सेयर बजार राताम्मे, २१३ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक ४२.१४ अंकले घटेर परिसूचक १९६४.९१ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरुदेखि नै बजारमा आएको गिरावट अन्तिम समयसम्म पनि रोकिएन । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १८.२३, विकास बैंक ९८.९६, वित्त ५७.२३, होटल १८५.७५, जलविद्युत ५६.९८, जीवन बिमा ३२७.७९, उत्पादन तथा प्रशोधन ८४, माइक्रोफाइनान्स ६७.०३, निर्जीबन बीमा २२७.९५, ट्रेडिङ समूहको उपसूचक १०३.३२ अंकले घटेको छ । कारोबारमा ११ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ ।

२७८ कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६१० रुपैयाँको सेयर किनबेच भएको छ । आज बैंकहरुले असोज १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकहरुले ब्याजदर घटाउँछन भनेर चर्चा रहेको समयमा ७ वटा बैंकले भने ब्याजदर बढाएका छन् । घटेको ब्याजदर न्यून मात्रामा घटेको छ । चार वटा बैंकको ब्याजदर भने स्थिर रहेको छ । बढ्यो ब्याजदरको प्रभाव सेयर बजारमा पनि देखिएको बताइन्छ ।


रवि धिताल