सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस नदिने



काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकले आर्थिक २०७९/०८० को नाफाबाट ५.७९ प्रतिशत मात्रै नगद लाभांश दिन लागेको हो ।

बैंकले यो पटक भने बोनस दिने छैन । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


रवि धिताल