टिसिएलले ल्यायो ‘सेलिब्रेट ग्रेटनेस’ योजना, कसरी हुने सहभागी ?



काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड टिसिएलले यो दसैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादन खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले यो योजनाको लाभ भदौ २६ देखि नेपालभर सीमित अवधिका लागि उठाउन सक्नेछन् ।

ग्राहकले ‘सेलिब्रेट ग्रेटनेस’ योजनाअन्तर्गत टिसिएलको कुनै पनि टेलिभिजनको खरिदमा ४४ हजार ७०० रुपैयाँसम्मको आकर्षक छुट पाउन सक्नेछन् । त्यस्तै वासिङ मेसिन खरिदमा १४ हजार ४०० रुपैयाँसम्मको छुटका साथै ६ किलोको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन् ।

ग्राहकले टिसिएलका सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनर खरिदमा ५६ हजार ८०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै ४ हजार रुपैयाँबराबरको निःशुल्क एसि जडान सुविधा पनि पाउन सक्नेछन् । ग्राहकले टिसिएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१ हजार ८०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीले सामान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी र फ्री इन्स्टलेसन सुविधा प्रदान गरेको छ।

त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

नेपालभर टिसिएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल सोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल सोरुमहरु काठमाडौं उपत्यकाभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुरको राधे-राधे, रविभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गठ्ठाघर, टेकु, नयाँ बजार र काठमाडौंबाहिर पोखरा, इटहरी, हेटौंडा र भरतपुरमा छन् ।


रवि धिताल