कनेक्ट आईपीएसले सुरु गर्‍यो ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्दा पाइन्छ पैसा



काठमाडौं । भुक्तानी सेवाप्रदायक कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सञ्चालनमा ल्याएको छ । तीन महिनाका लागि ल्याइएको अफरअन्तर्गत रिफरर (रिफर गर्ने) र रिफरी (नयाँ रजिस्टर हुने) दुवैले रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन् । अफरअन्तर्गत भदौ १७ देखि मंसिर १६ सम्म रिफरीले बैंक खाता भेरिफाई गराएपछि रिफररले २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ । रिफरीले कनेक्ट आईपीएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरेपश्चात रिफररले २५ र रिफरीले ५० रुपैयाँ पाउने कम्पनीले जनाएको छ ।

कनेक्ट आईपीएस बैंकका ग्राहकका लागि एकै प्ल्याटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्नका निम्ति एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाखसम्म र मोबाइल एपमार्फत प्रतिकारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ ।


रवि धिताल