नाडा अटो शोमा विद्युतीय गाडीको बाक्लो उपस्थिति, कुन कम्पनीका कस्ता ?



काठमाडौं । राजधानीको भृकृटीमण्डपमा गाडीको कुम्भ मेला जारी छ । मेलामा उपभोक्ताले आवश्यकता क्षमता अनुसारका गाडी छानी छानी बुकिङ/खरिद गर्न सक्छन् । प्रदर्शनीमा विद्युतीय गाडीको बाक्लो उपस्थिति छ ।

अहिले धेरै उपभोक्ताको चाहना विद्युतीय गाडी देखिन थालेको छ । प्रदर्शनीमा धेरै भिड विद्युतीय गाडीमा देखिने गरेको छ । सस्तो मूल्यको विद्युतीय गाडी चढ्न चाहनेका लागि पनि उपलब्ध छन् भने महंगा गाडी चढनेका लागि पनि गाडी उपलब्ध छन् । नाडामा निजी प्रयोजनका कार मात्रै नभएर विद्युतीय पिकअप भ्यान, विद्युतीय हायससमेत उपलब्ध छन् ।

प्रदर्शनीमा १४ लाखदेखि १ करोड ४० लाख रुपैयाँ मूल्यका विद्युतीय गाडी रहेका छन् । सबैभन्दा सस्तो मूल्यको सेरेस कम्पनीको १३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने मेक्सस मिफा नाइनको मूल्य १ करोड ४० लाख रुपैयाँ रहेको छ।

प्रदर्शनीमा सिजी मोटर्सका विभिन्न मोडलमा विद्युतीय गाडी रहेका छन् । सिजीले जसमा १४ सिट क्षमताको किङ लङ गाडीको मूल्य ५६ लाख ५० हजार रुपैयाँ भने १९ सिट क्षमताको किङ लङ गाडीको मूल्य ८३ लाख ५० हजार रुपैयाँ रहेको छ । यस्तै नेटा भीको मूल्य ३८ लाख ९९ हजार, सिजी केवाईसीको ११ सिट क्षमताको गाडीको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ । नाडा अटो शो मा वुलिङ मोटर्सले विद्युतीय गाडी ल्याएको छ । वुलिङको २०० किलो मिटर रेञ्ज भएको एयर विद्युतीय गाडीको मूल्य २० लाख ९९ हजार र ३०० किलो मिटर रेञ्जको २६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शोमा (ग्रेटवाल मोटर्स) जीडब्लूएमले विद्युतीय गाडी ल्याएको छ । जीडब्लूएमको ओआरए जिरोथ्री ईभीको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ रहेको छन् ।

शो मा रहेको निसान म्याग्नाइट एक्स ईको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शो मा बीवाईडीका पाँच मोडलका गाडी रहेका छन्। शो मा बीवाईडीका ३९ लाख ८० हजार रुपैयाँदेखि ८१ लाख ९९ हजार रुपैयाँसम्मका रहेका छन् । ७० किलोवाट क्षमताको बीवाईडी डल्फिन को मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ । यस्तै १०० किलोवाट क्षमताको बीवाईडी एटीटीओ थ्री एडभान्सको मूल्य ५५ लाख ९९ हजार, १०० किलोवाट क्षमताको बीवाईडी एटीटीओ सुपेरियरको मूल्य ६५ लाख ८८ हजार, १५० किलोवाट क्षमताको बीवाईडी एटीटीओ थ्री पफर्मेन्सको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै ७० किलोवाट क्षमताको बीवाईडी ई सिक्सको मूल्य ५९ लाख रुपैयाँ रहेको छ ।

नाडा अटो शोमा सबैभन्दा सस्तो मूल्यको सेरेस कम्पनीको गाडी रहेको छ । कम्पनीले १३ लाख ९९ हजारदेखि ४९ लाख ९९ हजार रुपैयाँसम्मका गाडी ल्याएको छ । १८० किलो मिटर रेञ्ज र बेस्ट अप्सन भएको मिनि इभीको मूल्य १३ लाख ९९ हजार, १८० किलो मिटर फूल अप्सनको १६ लाख ४९ हजार र २२० किलो मिटर फूल अप्सनको मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सेरेसा थ्रीको मूल्य कम्फर्टमा ४७ लाख ९९ हजार र प्रिमियममा ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

फुटोनले दुई मोडलका विद्युतीय गाडी ल्याएको छ । १५ सिट क्षमताको र्ईब्लू अटोको मूल्य ५४ लाख ९९ हजार रहेको छ भने टीएम वान पिकअप भ्यानको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको ।

शो मा एमजी मोटर्सले विभिन्न मोडलका विद्युतीय गाडी राखेको छ । जसमा एमजी फोर लक्जरीको मूल्य ५८ लाख ९९ हजार, एमजी फोर कम्फर्टको मूल्य ४१ लाख ४९ हजार, ११५ किलोवाटको एमजी जेडएस लक्जरी इभीको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ, ९९ किलोवाट क्षमताको एमजी जेडएस कम्फर्टको ४८ लाख ४९ हजार र एमजी जेडएस लक्जरीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ, एमजी कमिट प्लेको मूल्य २० लाख ९९ हजार र एमजी कमिट पिशको मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

शो मा एसआरएम कम्पनीको ११ सिट क्षमताको एक्स ३० एल ईभीको मूल्य ४४ लाख ५० हजार रुपैयाँ रहेको छ ।

टाटा मोटर्सले शो मा ल्याएको नेक्सन इभीको मूल्य ४८ लाख, टिगो ईभीको मोडल अनुसार २२ देखि २८ लाख रुपैयाँसम्म रहेको छ ।

हुन्डाईले तीन वटा मोडलमा ईभी ल्याएको छ । हुन्डाइले ल्याएको कोना जीएलको मूल्य ६१ लाख ९६ हजार र जीएलएसको मूल्य ६४ लाख ९६ हजार तथा आयोन फाइभ भिजन रुफको मूल्य १ करोड २ लाख ९६ हजार रुपैयाँ रहेको छ । शो मा सीट्रोन को न्यू ई सी थ्री गाडी रहेको छ । गाडीको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु