सानिमा बैंकले १४.७०% लाभांश दिने, बोनस कति ?



काठमाडौं । सानिमा बैंकले सेयरधनीका लागि लाभांश दिने घोषणा गरेको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ९ प्रतिशत र कर सहित ५.७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


रवि धिताल