पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक, प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८२



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तको वित्तीय अवस्था बल्ल सार्वजनिक गरेको छ । कम्पनीले गत आवको चैत मसान्तको रिपोर्ट भदौ अन्तिममा मात्रै सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार चैत मसान्तसम्म निर्जीवन बिमा तर्फको नाफा नाफा घटेको छ भने जीवन बिमातर्फको नाफामा सुधार देखिएको छ ।

कम्पनीका अनुसार निर्जीबन तर्फ अघिल्लो आवको चैत मसान्तमा ६० करोड २१ लाख १७ हजार रुपैयाँ नाफा रहेकामा गत आवको सोही अवधिमा ५२ करोड ९० लाख ५२ हजार रुपैयाँ रहेको छ ।

यस्तै अघिल्लो आवको चैत मसान्तमा २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेको जीवन बीमा तर्फ गत आवको सोही अवधिमा भने बढेर ६ करोड ७१ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै गत आवको तेस्रो त्रैमाससम्म सम्ममा जीवन बिमा व्यवसायबाट १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको ३ अर्ब २८ करोड ५४ लाख ४७ हजार रुपैयाँ बिमा कोष रहेको छ ।
चैत मसान्तसम्म कम्पनीको निर्जीवन बिमा व्यवसायतर्फ जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रुपैयाँ र जीवन बिमातर्फ ६० करोड २५ लाख २१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४६ पैसा रहेको छ ।


रवि धिताल