आईफोन १५ मा थपिएका मुख्य फिचर के हुन् ?



काठमाडौं । मंगलबार अमेरिकाको क्यालिफोर्नियामा एप्पलले आईफोन १५ सिरिजका फोनहरु सार्वजनिक गर्यो । यो सिरिजमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स गरि ४ किसिमका फोनहरु छन् ।

हरेक वर्ष बहुप्रतिक्षित बन्ने एप्पलको यो कार्यक्रमका बीच सार्वजनिक भएका यी नयाँ आईफोनहरुलाई लिएर अहिले विश्वभर नै प्रविधि बजार तातिएको छ । महंगो मूल्यका बाबजुत पनि आइफोनको लोकप्रियता संसारभर बढ्दो छ । संसारका १ अर्ब ३६ करोड मानिसहरु आईफोन चलाउँछन् । नेपामा पनि १० लाख मानिसले आईफोन चलाउँछन् ।

यसअघि आईफोन १४ सिरिज चलाउनेका लागि आईफोन १५ सिरिजमा नयाँ के के पाइन्छ ? सेप्टेम्बरको तेस्रो साताबाट बजारमा उपलब्ध हुने भनिएको आईफोन १५ सिरिजका त्यस्ता केही नयाँ फिचर्सहरुको बारेमा यहाँ चर्चा गरिएको छ । विभिन्न विषेशताहरुले भरिपूर्ण आईफोन १५ सिरिजमा खासगरी दुईवटा मूख्य फिचर थपिएका छन् ।

चार्जिङ पोर्टमा परिवर्तन

एप्पलको आईफोन १५ सिरिजमा सबैभन्दा ठूलो परिवर्तन यसको चार्जिङ पोर्टमा गरिएको छ । यसअघि लाइटनिंग पोर्ट प्रयोग हुने आईफोनमा अबको सिरिजबाट भने युएसबी टाइप सि नै प्रयोग हुनेछ । लाइटनिंग पोर्टबाट मात्रै आईफोन चार्ज हुने हुँदा डाटा ट्रान्सफर स्पिड पनि कम हुन्थ्यो भने चार्ज हुनका लागि पनि धेरै समय लाग्थ्यो ।

तर, युएसबी टाइप सिबाट भने त्यो झन्झन्ट पनि समाधान भएको छ । सँगै एप्पलका उपकरणहरु प्रयोग गर्नेहरुले नयाँ आईफोन साथमा भएका अब एउटै चार्जरले म्याकबुक, आईप्याड र आईफोन चार्ज गर्न सक्नेछन् ।

सबै मोडलमा डाइनामिक आईल्याण्ड

एप्पले २०२२ मा सार्वजनिक भएको आईफोन १४ सिरिजअन्तर्गतको आईफोन १४ प्रो मोडलका लागि मात्रै राखेको डाइनामिक आईल्याण्डको फिचर आईफोन १५ का सबै फोनहरुमा समावेश भएका छन् । देख्दा खासै ठूलो परिवर्तन नलागेपनि प्रयोग गर्दा भने यसले धेरै नै सहजता सिर्जना गर्ने गरेको आईफोनले जनाएको छ ।

डाइनामिक आईल्याण्डमा आफूले सेट गरेको टाइमर, अर्डर गरेको खाना आउने कति समय लाग्छ, अलार्मको विवरण, नोटिफिकेसनजस्ता कुराहरु देख्न सकिनेछ, जसलाई एप्पलले सफ्टवेयरमार्फत अप्टिमाइज गरेर प्रस्तुत गर्छ । पुरा स्क्रिनभित्रकै अर्को स्क्रिनका रुपमा यसले प्रयोगकर्तालाई सहजता सिर्जना गरिदिने एप्पलले जनाएको छ ।

क्यामेरामा ठूलो परिवर्तन

आईफोन १५ सिरिजका फोनहरुमा ४८ मेगापिक्सलको क्यामेरालाई राखिएको छ । सँगै २ गुणा खिच्ने टेलिफोटो लेन्सको रुपमा पनि आईफोन १५ सिरिजमा समावेश गरिएको छ ।

मुख्य क्यामेरा सेन्सर ४८ मेगापिक्सल रहेकोमा अल्ट्रावाइट लेन्स १२ मेगापिक्सलको रहेको र यसले टेलिफोटो लेन्सका रुपमा पनि काम गर्ने एप्पलले जनाएको छ।

चिपसेट कस्तो ?

एप्पलले आईफोन १५ र आईफोन १५ प्लसमा आफ्नै ए१६ बायोनिक चिप प्रयोग गरेको छ । यी प्रोसेसरहरु यसअघिका आईफोन प्रो मोडलमा प्रयोग भएका चिपसेट हुन । आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा भने पछिल्लो अपग्रेडसहितको ए १७ प्रो चिपसेटलाई प्रयोग गरिएको छ ।

टाइटेनियम डिजाइन

एप्पलले आईफोन १५ को प्रो मोडलहरुमा टाइटेनियमको प्रयोग गरिएको छ । एरोस्पेस ग्रेड ९अन्तरिक्षमा प्रयोग गर्न लायक०को टाइटेनियमलाई प्रो मोडलका फोनहरुमा प्रयोग गरिएको एप्पलले जनाएको छ ।

आईफोन १५ लाई एलुमुनियमको प्रयोग गरि कलर इन्फिउज्ड ग्लासको प्रयोग गरेर तयार गरिएको छ भने प्रो मोडलमा टाइटेनियमसहित टेक्स्चर्ड म्याट ग्लासको प्रयोग गरिएको छ ।

डिस्प्लेमा के छ परिवर्तन ?

आईफोन १५ र आईफोन १५ प्रोमा एउटै साइजका स्क्रिनहरु रहेका छन् । ६.१ इञ्जको स्क्रिन यी फोनमा रहेका छन् । आईफोन १५ र आईफोन १५ प्लसमा ६० हर्जसम्मको रिफ्रेस रेटसहितको डिस्प्ले रहेको छ । प्रो मोडलमा भने १२० हर्जसम्मको रिफ्रेस रेट रहेको एप्पलले जनाएको छ । आईफोन १५ प्रो म्याक्सको स्क्रिन भने ६.७ इञ्चको रहेको छ ।

कस्ता रंगमा छन् फोनहरु ?

आईफोन १५ मोडल गुलावी, नरम पहलो, हल्का हरियो, फिक्का निलो वा कालो रंगमा उपलब्ध छ भने आईफोन प्रो मोडलहरु कालो, सेतो, गाढा निलो र प्राकृतिक टाइटेनियम रंगमा उपलब्ध छ ।

१५ सेप्टेम्बरबाट प्रि अर्डर सुरु भएको आईफोन १५ सिरिज सेप्टेम्बर २२ बाट उपलब्ध हुनेछ । आईफोन १५ को मूल्य ७९९ अमेरिकी डलर र आईफोन १५ प्लसको मूल्य ८९९ अमेरिकी डलर छ । त्यस्तै, आईफोन १५ प्रोको मूल्य ९९९ अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ भने आईफोन १५ प्रो म्याक्सको मूल्य १ हजार १९९ अमेरिकी डल


क्लिकमान्डु