सडकमा फोहोर फाल्ने १५ जनालाई काठमाडौं महानगरले तिरायो ६७ हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्ने १५ जनालाई जरिवाना तिराएको छ ।

कोटेश्वरमा फोहोर फालिरहेको अवस्थामा महानगरले उनीहरुलाई नियन्त्रणमा लिएर ६७ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

महानगर प्रहरीले बुधबार बिहान बाटोमा फोहोर फालिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रण लिएको थियो ।

हरेक दिन बिहान ६ बजे फोहोरमैला संकलन गर्ने गाडी कोटेश्वर पुगेर फोहोर उठाए पनि उनीहरुले सडकमा फाल्ने गरेका थिए ।

सफा सडकमा पुन: फोहोर फालेको पाएपछि महानगरले निगरानी बढाएको थियो । महानगरले सडकमा फोहोर फाल्नेमाथि नियमित निगरानी बढाउने भएको छ ।

(यसअघि असावधानीवश गलत तथ्यांक सम्प्रेषित भएकोमा सच्याइएको छ ।)


क्लिकमान्डु