आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विद फादर: सेयर द ज्वे’ नामक अफर सार्वजनिक गरेको छ ।

भदौ २६ देखि २८ गतेसम्म चल्ने यो अफरमा सेवाग्राहीले आइएमई पे को फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ

सो कमेन्टहरूमध्य सबैभन्दा उत्कृट (रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिनेछ । विजेतालाई हुमन फिटको ५ हजार रुपैयाँबराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।


क्लिकमान्डु