सीजी ब्रान्डको चाडपर्व योजना, ५६ हजार ४०० सम्म बचत अफर



काठमाडौं । सीजी ब्रान्डले ग्राहकलाई चाडबाडमा खुसी पार्न ‘सीजीले घर सजाऔं, खुसीले चाड मनाऔं’ अभियान सुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्रान्ड सीजीले दसैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि सीजी ब्रान्डका उत्पादन खरिद गर्दा क्यासब्याक र आकर्षक उपहार प्राप्त गर्नेछन् । ग्राहकले ५६ हजार ४०० रुपैयाँसम्म बचत गर्ने अवसर प्राप्त गर्नेछन् । सीमित समयका लागि दिइएको यो योजना भदौ २५ देखि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ । 

यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

यो योजनामा उल्लेखित अफरहरु तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरबाट सजिलै प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ । यो योजना सीजी ब्रान्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तैः टिभी, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, डिसवासर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा उपलब्ध छ ।


क्लिकमान्डु